२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव’



अ+ अ-

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्थिर सरकारबाट मात्रै समृद्धि सम्भव हुने बताउनुभएको छ ।

यहाँको बन्दीपुर गाउँपालिकाले आयोजना गरेको बन्दीपुर भ्रमण वर्ष २०२५ को आज शुभारम्भ गर्दै मन्त्री दाहालले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्नुभयो । स्थिर सरकार नहुँदा मुलुक विकासमा पछाडि परेको बताउँदै उहाँले भन्नुभयो, “लामो समयसम्म सरकार टिक्न नसक्दा देशको विकास हुनसकेन । देशको विकास गर्न ठूला दल मिलेर सरकार बनाएका हौँ ।” विकास, समृद्धि र स्थिरताका लागि वर्तमान सरकारले काम गरिरहेको बताउँदै उहाँले वर्तमान सरकार बनेपछि जनतामा आशा जागेको बताउनुभयो ।

हालको आवश्यकता शिक्षा, स्वास्थ्यमा सबैको पहुँच वृद्धि, रोजगारीका अवसर सिर्जना, उत्पादनमा वृद्धि गर्नु रहेको र सरकार त्यो दिशामा रहेको उहाँले बताउनुभयो । बन्दीपुर प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकाले यहाँको पर्यटनमार्फत आम्दानी गर्न उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, पर्यटनविज्ञ हरिसिं गुरुङले बन्दीपुर भ्रमण वर्षले बन्दीपुरको मात्र नभइ समग्र तनहुँको पर्यटन प्रवर्द्धनमा सघाउने बताउनुभयो ।

बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेकामा त्यसलाई दोब्बर बनाने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका सबै वडाका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।

बन्दीपुरका छ वटै वडाका पर्यटकीयस्थललाई पर्यटनको केन्द्र बनाउने सोच राखिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलको सम्भाव्यता अध्ययन गरिनेछ ।”

भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बास बसेर खर्च गर्नसक्ने पर्यटक भित्र्याउने लक्ष्य लिइएको जानकारी दिनुभयो । भ्रमण वर्षका अवसरमा एक वर्षमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने उहाँको भनाइ छ ।

बन्दीपुर भ्रमण वर्षको अवसरमा छ सिजन अनुसारको प्याकेज बनाइ प्रवर्द्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकूल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए तापनि बसाइँ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने आयोजकले जनाएका छन् । रासस