२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ चलचित्र महोत्सव पुस २५ मा



अ+ अ-

काठमाडौँ : नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले यही पुस २५ गते चिनियाँ चलचित्र महोत्सव आयोजना हुने भएको छ ।

चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा आयोजन गर्ने महोत्वसवमा दर्शकले अधिक मनपराएका तीन वटा चलचित्र प्रदर्शन हुनेछन् । चलचित्र प्रदर्शनपछि ती चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले दर्शकसँगै छलफल गर्न सक्नेछन् ।

महोत्वसवमा नेपाली चलचित्रका चर्चित कलाकार, निर्देशक, प्राविधिक र विशिष्ट व्यक्तित्वको उपस्थिति रहने नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले जनाएको छ ।रासस