२० असार २०८३, शनिबार
,
Latest
‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



अ+ अ-

बुटवल । कोरोना संक्रमणबाट रुपन्देही र कपिलवस्तुमा एक/एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका एक पुरुष र कपिलवस्तुकी एक महिला रहेकी छन् । 

रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको थियो भने कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ की ५० वर्षीया महिलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।

असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी लुम्बिनी प्रादेशिक अस्पताल पुगेका रुपन्देहीका पुरुषमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको  अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । संक्रमण देखिएसँगै उनलाई कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनको मिर्गौला र रगतमा समेत खराबी देखा परेको अस्पतालले जनाएको छ ।

यसैगरी कपिलवस्तुकी महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ५ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनी निमोनिया र मुटुका दीर्घरोगी समेत रहेकी कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए । असोज ५ गते नै गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।