२० असार २०८३, शनिबार
,
Latest
‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाउजूको हत्या अभियोगमा देवर पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

लमजुङ । लमजुङ प्रहरीले नातामा भाउजूपर्ने महिलाको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । हत्या भएको २३ दिनपछि क्होलासोंथर गाउँपालिका–९ गिलुङकी ५९ वर्षीया बुद्धिमाया विकको हत्या गरेको आरोपमा उनका देवर नाता पर्ने गिलुङका ५७ वर्षीय बिलबहादुर विकलाई पक्राउ गरिएको प्र्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताए ।

बिलबहादुरसँगको सोधपुछमा भदौ २० गते राति करिब ९ बजे भाउजू बुद्धिमायालाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका थिए । प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला बुद्धिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको लमजुङ प्रहरीले जनाएको छ ।