२० असार २०८३, शनिबार
,
Latest
गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी ‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन जारी सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री बानियाँ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिमीमा सशस्त्र पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा



अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा सशस्त्र प्रहरी पोष्ट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । नाम्खा–६ मा पर्ने लिमी लाप्चामा सशस्त्र प्रहरी पोष्ट स्थापना हुने भएको छ । लाप्चास्थित नेपाल–चीन १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर टाढा नेपालको टाक्ची भ्यालीमा सशस्त्रको पोष्ट स्थापनाका हुन लागेको हो ।

हालै यो नाकाको सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चर्चा र परिचर्चा भइरहेका बेला समुद्री सतहभन्दा चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको टाक्चीमा सशस्त्रको पोष्ट स्थापना गर्न लागिएको हो । हुम्लाको उत्तरी नाका हिल्सामा पनि असार ६ गते बिओपी स्थापना भइसकेको छ । हाल हिल्सामा प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ सशस्त्र सुरक्षाकर्मीको समूह सीमा क्षेत्रमा तैनाथ छ ।

हिल्सामा कम्पाउण्डसहितको नौकोठे पक्की भवनमा सशस्त्र प्रहरी बसेको छ । समुद्री सहतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको उक्त पोष्टमा हिउँदमा पनि सशस्त्र प्रहरी त्यहीँ बस्ने बताइएको छ । यो नाकाबाट विशेषगरी जडीबुटी तथा वन्यजन्तुका अङ्गहरूको अवैधरूपमा ओसारपसार हुन नदिनका लागि स्थापना हुने लागेको सशस्त्र प्रहरी कार्यालय हुम्लाले बताएको छ ।