२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा संक्रमितको संख्या २३ हजार नाघ्यो, थप ९३४ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४ जना कोरोनाका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ७४७ , ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका छन् ।

यो सहित काठमाडौं उपत्यकामा संक्रमितको संख्या २३ हजार २ सय ५५ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।