७ असार २०८३, आईतवार
,
Latest
बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो, जवाफ दिँदै ओली



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम सकिएको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा मंगलबार अध्यक्ष ओलीले सदस्यका प्रश्नको जवाफ दिइरहेका छन् ।

गएको आइतबारको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूलाई बोल्न तीन मिनेटको समय दिइएको थियो ।

उनीहरूले पार्टीमा गुटबन्दी बढेको, सरकारले प्रभावकारी काम गर्न नसकेको धारणा राखेका थिए ।

आगामी माघदेखि तीन महिने वडा केन्द्रित कार्यक्रम गर्ने कार्ययोजना पारित गरेर बैठक सक्ने एमालेको तयारी छ ।