२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ



अ+ अ-

ताप्लेजुङ । होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । 

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर हो-हल्लालगायत शान्ति सुरक्षामा असर पुग्ने कार्य गरेको अभियोगमा होटल सञ्चालिका र अर्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

गत असोज १० गते पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरी अभद्र व्यवहार गरेको मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पक्राउ परेका दुबै जनाको नाम भने गोप्य राखिएको छ ।