२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी नगरपालिकाको ताला खुल्ला



अ+ अ-

रुपन्देही । सहमतिपछि लुम्बिनी सांस्कृतिक नगरपालिकामा लगाइएको ताला खुलेको छ । नगरपालिका र राजनीतिक दलबीच आगामी माघ मसान्तसम्म अभिभावककै तर्फबाट  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनाउने र त्यसपछि शिक्षा ऐन संशोधन गरी पुरानै प्रावधान कायम गर्ने सहमतिपछि सोमबार साँझ करीब ७ बजे कार्यालयको ताला खोलिएको जनता समाजवादी पार्टी(जसपा)का नगर अध्यक्ष तथा संयुक्त सङ्घर्ष समितिका संयोजक अब्दुलमोविन खानले जानकारी दिए।

शिक्षा ऐनमा भएको वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान खारेज गर्न माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका थिए । ताला खुलेपछि आजदेखि कार्यालयको काम सञ्चालनमा आएको प्रमुख मनमोहन चौधरीले बताए । दलहरुले शिक्षा ऐन संशोधनसँगै छाडा चौपाया व्यवस्थापनको मागसमेत गरेका थिए ।

नगर प्रमुख चौधरीले छाडा चौपाया नियन्त्रणका लागि नगरपालिकाले प्रयास गरिरहे पनि स्थानीयवासीको सहयोग भए नियन्त्रण सम्भव भएको बताए । लहरुले अभिभावककै तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्न पाउनुपर्ने प्रावधान यथावत् राख्न गत फागुनमै नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । 

नगरपालिकाले कार्यपालिकाबाटै शिक्षा ऐन संशोधन गरी अगाडि बढाउने निर्णय गरे पनि नगर परिषद्बाट पारित हुनुपर्ने भएकाले सहमति हुन सकेको थिएन ।