२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोईनको धुलो जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रतिबन्धित लागूऔषध खैरो हिरोईनको धुलो जस्तो देखिने पदार्थसहित स्वयम्भूबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा घर भई हाल काठमाण्डौ बस्ने ३७ को रबिन कार्की रहेका छन् । स्वयम्भूस्थित सडकखण्डमा लागूऔषध कारोवार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटीएको प्रहरी टोलीले बुधबार बेलुका कार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीले कार्कीको साथबाट सुन्तला रङको सिलिण्डर भित्र अबैध लागू औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ रहेको स(सानो प्लाष्टीकको २२ वटा पोका बरामत गरेको छ । सो को तौल गर्दा २ ग्राम ८४ मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

कार्कीलाई नियन्त्रणमा लिई यसबारे थप अनुसन्धान भईरहेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।




भर्खरै