२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती र कोरोना संक्रमणको जोखिम तिव्र



अ+ अ-

बैतडी । क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् । जेलर अनिल तिवारीले भने, “क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ ।” कोरोनाले देशका विभिन्न कारागारमा रहेका कैदीको मृत्यु तथा सङ्क्रमण पुष्टि भइरहेको समाचार बाहिर आइरहेका बेला बैतडीमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा जोखिम बढेको छ ।  क्षमताभन्दा बढी कैदीबन्दी हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको जेलर तिवारीको भनाइ छ । 

कारागारमा शङ्कास्पद १० कैदी र सबै थुनुवाको तथा १० जना कारागारका कर्मचारी एवं सुरक्षाकर्मीको पिसीआर परीक्षण गरेकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । गत जेठ ९ गते बैतडीका पहिलो कोरोना सङ्क्रमित भने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्ति थिए । हत्या आरोपमा पक्राउ परेका ती युवक १३ दिनमै कोरोना जितेर हाल कारागारमै रहेका छन् ।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सङ्क्रमणको जोखिम हुनाका साथै खानेपानी र अन्य व्यवस्थापनमा पनि चुनौती रहेको जनाएको छ । खानेपानी आपूर्ति गर्न, शौचालय र बस्नका लागि पनि ठाउँ साँघुरो रहेको जेलर तिवारीले बताए । उनले भने, “कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर सावधानी अपनाए पनि नयाँ आएका थुनुवा र कैदी राख्न छुट्टै क्वारेन्टिन तथा आइसोलेसन नहुँदा जोखिम बढेको छ ।” 

कारागार व्यवस्थान विभागले देशका अन्य कारागारमा आइसोलेसन र क्वारेन्टिन बनाएको भए पनि बैतडीमा पनि आवश्यक रहे पनि निर्माण गर्न नसकिएको हो ।  “क्वारेन्टिन तथा आइसोलेसन बनाउन हामीसँग आवश्यक बजेट नहुँदा बनाउन सकिएको छैन”, जेलर तिवारीले भने ।

कारागार कार्यालयले कोरोना महामारीले गर्दा कैदीबन्दीलाई हाल आफन्तलाई समेत भेट्न दिइएको छैन भने सङ्क्रमणको जोखिम हुने भन्दै अदालत लैजान पनि बन्द गरिएको छ । बैतडीमा २०४० सालमा बनेको कारागार कार्यालय पनि जीर्ण बन्दै गएको छ । वर्षौ भइसक्दासमेत जीर्णोद्धार नहुँदा समस्या भएको छ ।