२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यालिफोर्नियाको आगलागी ४० हजार एकडमा फैलियो, अवस्था भयावह बन्दै



अ+ अ-

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा शुक्रबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । यो क्यालिफोर्नियामा अहिलेसम्मकै सबैभन्दा ठूलो आगलागी हो ।

विगत ४ दिनदेखि लागेको आगो करिब ४० हजार एकड क्षेत्रफलमा फैलिएको छ । २९ हजार एकड क्षेत्रफल पूर्णरुपमा जलेको छ ।

आगलागीबाट करिब १० हजार भवन जलेर नष्ट भएका छन् भने ३० हजार घरमा क्षति पुगेको छ ।

झण्डै ५० हजार मानिसलाई तत्काल घर छाड्न भनिएको छ । करिब ३ लाख मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । शनिबारसम्म आगलागी थप फैलिने चेतावनी प्रशासनले दिएको छ ।

आगलागीका कारण लस एन्जलस को ब्रेटनवुड क्षेत्रमा रहेको उपराष्ट्रपति कमला ह्यारिसको घर खाली गर्न पनि निर्देशन दिइएको छ । एलए अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको काउन्टी हो । यहाँ १ करोडभन्दा बढी मानिस बस्छन् ।

क्यालिफोर्नियामा लागेको आगोलाई हेलिकप्टर र विमानबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ । तर हावाहुरी र दिशा परिवर्तन भएका कारण आगो विभिन्न ठाउँमा फैलिरहेको छ । आगो निभाउन करिब ७५०० दमकल खटाइएको छ ।

उद्धार टोलीले हजारौं मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइरहेको छ । विद्यालय, सामुदायिक केन्द्र र अन्य सुरक्षित स्थानहरूलाई आपतकालीन आश्रयस्थलमा परिणत गरिएको छ । अवस्था यस्तो छ कि धेरै ठाउँमा आगो निभाउने यन्त्रहरू सख्खा भएका छन् । उनीहरुको पानी सकिएको छ ।

बीबीसीका अनुसार क्यालिफोर्नियाको आगलागी जसरी फैलिरहेको छ, त्यसका कारण अमेरिकी फिल्म उद्योगको पहिचान बनेको ‘हलिउड बोर्ड’ हलिउड पहाडको बिचमा जल्ने खतरा छ । लस एन्जलसमा हलिउड नामको ठाउँ छ, अमेरिकी फिल्म उद्योगको नाम त्यसैको नाममा राखिएको छ ।