२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीकी निजी चिकित्सकलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ।  त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन समेत रहेकी  शाहलाई  शुक्रबार कोरोना पुष्टि भएको हो । 

चार दिनदेखि ज्वरो आउने र खोकी लाग्ने समस्या देखापरेपछि डा. सिंहले कोरोना परीक्षण गराएकी थिइन्। कोरोना संक्रमण पुष्टि भएपछि डा. सिंह होम आइसोलेसनमा बसेकी छिन्। 

आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूसँग सम्पर्कमा आएका सबैलाई लक्षण देखिए परीक्षण गर्न पनि उनले आग्रह गरेकी छिन्।