२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री दिव्या रायमाझीले आफ्नो यो दोस्रो चलचित्र भएको र काम गर्दा धेरै नै खुशीको महशुस गरेको बताउनु भयो ।

उहाँले चलचित्र धेरै नै राम्रो बनेको बताउनु भयो । कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा नै धेरै राम्रो रहेको र काम गर्दा पनि त्यत्तिकै राम्रो महशुस गरेको बताउनु भयो ।

अभिनेता प्रदीप खड्काले चलचित्र सोचेको भन्दा धेरै नै राम्रो रहेको दाबी गर्नुभयो । कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुनेछ ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय रहेको छ । सुमन गौतम कार्यकारी निर्माता रहनुभएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नुभएको हो ।

चलचित्रको पटकथा प्रदीप भारद्वाजले लेख्नुभएको हो भने केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।