२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यागुते रोगबाट पशु चौपाया मरे



अ+ अ-

उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ कोशीटप्पु र सिसौलिया क्षेत्रमा दुई हप्तादेखि फैलिएको भ्यागुते रोगका कारण ६० पशु चौपाया मरेका छन् । सिसौलियामा ६० सो रोगबाट भैँसी, राँगा, पाडापाडीसहित गाई र बाच्छा मरेको बेलका–८ सिसौलियाका स्थानीय राजबहादुर भुजेलले बताउनुभयो । 

अहिले प्रदेश पशुपन्छी विकास मन्त्रालय र बेलका नगरपालिकाको पशु शाखाको सहयोगमा रोग विस्तारै नियन्त्रण हुँदै गएको अर्का स्थानीय भोजनप्रसाद दाहालले बताउनुभयो । शुरुमा पशुको घाँटी सुन्निने, मुखबाट र्याल निस्कने र श्वासप्रश्वास फेर्न गाह्रो भएर पशु मर्ने गरेको दाहालले बताउनुभयो । रोग लागेको दुईदेखि तीन दिनभित्रै पशु मर्ने गरेको बताइएको छ । 

नगरपालिका पशुशाखाका प्रमुख पुष्प बुढाथोकीका अनुसार दुई हप्ताअघि सिसौलीया क्षेत्रका कृषकको घरपालुवा पशु चौपायमा नयाँ रोग देखा परेको हो । उहाँले जनवार मर्न थालेपछि प्रदेश पशुपन्छी मन्त्रालयसँग सहयोग मागेर अनुसन्धान गर्दा भ्यागुते रोग पुष्टि भएपछि अहिले सोहीअनुसार सुई प्रयोग गर्न थालेकोले नियन्त्रण हुँदै गएको बताउनुभयो ।