२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिम जहाँ खाद्यान्न उत्पादन बढी हुन्छ



अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ७० हजार ९२ जिल्लावासीलाई ३४ हजार १८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकामा ३५ हजार ७६० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । जिल्लामा बर्सेनि खाद्यान्न पुगेर बचत हुने गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए। गत वर्ष एक हजार ५७२ मेट्रिक टन धान, गहुँ, मकैलगायतको खाद्यान्न बचत भएको थियो । जिल्लामा सबैभन्दा बढी गहुँ उत्पादन हुने गरेको छ । चार हजार ५८९ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेकामा गत वर्ष २७ हजार ८५९ मेट्रिक टन गहुँ उत्पादन भएको केसीले बताए । 

त्यस्तै १४ हजार ९८८ मेट्रिक टन मकै, नौ हजार ७५६ मेट्रिक टन धान, एक हजार ११ मेट्रिक टन कोदो र एक दशमलव ८० मेट्रिक टन फापर उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा मकै चार हजार ६८ हेक्टर, धान तीन हजार ४८ हेक्टर, कोदो ३६९ हेक्टर, जौँ ३६७ हेक्टर र फापर दुई दशमलव पाँच हेक्टर जमिनमा खेती हुने गरेको छ ।  उर्वर भूमि र बाँझो जमिनको उपयोगलाई बढाइएका कारण खाद्यान्न उत्पादन बढिरहेको बताइएको छ ।