२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका बाढिपहिरो पीडितलाई रु नौ लाख सहयोग



अ+ अ-

बाग्लुङ । बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढीपहिरो पीडितलाई रु नौ लाख चालीस हजार आर्थिक सहयोग गरेको छ ।

पोर्चुगलमा रहेका नेपाली समुदायबाट सङ्कलन भएको रु आठ लाख  ढोरपाटन नगरपालिकाका बाढीपहिरोमा परेर ज्यान गुमाउने २३ परिवार र घर क्षति भएका ७३ परिवारलाई रु आठ हजारका दरले आर्थिक सहयोग गरेको समाजले जनाएको छ । 

यसैगरी समाजले जैमिनी नगरपालिकाका ज्यान गुमाउने तीन परिवारलाई रु १५ हजारका दरले तथा पूर्ण रुपमा घर क्षति भएका सात परिवारलाई रु नौ हजारका दरले आर्थिक सहयोग गरेको छ । त्यस्तै तमान र निसिखोला गाउँपालिकाका बाढीपहिरो पीडित पाँच घरपरिवारलाई रु ४० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

“कोभिड–१९ ले आक्रान्त बनाएको अवस्थामा आफैं जन्मेको, हुर्केको ठाँउमा प्राकृति प्रकोपले झनै पीडा थपेको समयमा पीडितको दुखेको घाउमा मलम लगाउने हेतुले प्रवासी नेपालीहरुको माझमा अभियान सञ्चालन गरि आर्थिक सहयोग गर्न सफल भएका छौ”, उहाँले भन्नुभयो । 
    
स्थानीय प्रतिनिधि एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक तथा एम्पायर घमबहादुर थापाको सहजीकरणमा उक्त रकम पीडितहरुलाई हस्तान्तरण गरिसकेको संस्थाका सल्लाहकार सूर्य हमालले जानकारी दिनुभयो ।