२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाभाल्नी जर्मन अस्पतालबाट डिस्चार्ज



अ+ अ-

बर्लिन । रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको एक अस्पतालले नाभाल्नीको स्वास्थ्यमा सुधार आएको भन्दै अस्पतालबाट ३२ दिनपछि डिस्चार्ज गरेको छ । 

नाभाल्नीलाई खानामा नोभिचोक नामको रसायन मिसाएर खुवाइएपछि बेहोस अवस्थामा जर्मनीको च्यारिटी अस्पतालमा भर्ना गरिएको थियो । 

अस्पतालले नाभाल्नीको उपचारमा संलग्न फिजिसियनले स्वास्थ्य अवस्था पूर्णरुपमा सुधार भएको जनाएको छ । तर चिकित्सकहरुले विषको दिर्घकालीन असरका बारेमा अहिल्यै बताउन कठिन रहेको बताएका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने ४२ वर्षीय नाभाल्नीलाई रुसको आन्तरिक उडानका क्रममा गत अगष्ट २० मा अचेत भएपछि दुई दिनपछि थप उपचारका लागि जर्मनी ल्याइएको थियो । 

जर्मनीका रासायनिक हतियार विज्ञहरुले नाभाल्नीलाई सोभियतकालीन रासायनिक विषाक्त नोभिचोक खुवाएको दाबी गरेका छन् ।  

रसियाले नाभाल्नीमाथि रासायनिक तत्व नोभिचोक खुवाइएको बारेमा विस्तृत विवरण रसियालाई उपलब्ध गराउन जर्मनीसमक्ष आग्रह गरेको छ । नाभाल्नीमाथि भएको भनिएको आक्रमणलाई लिएर रसिया र पश्चिमा राष्ट्रबीच आरोपप्रत्यारोप जारी छ ।