२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनमा कसिएको मन्त्रीको गाँठो  अदालतले फुकाउला ?



अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । पूर्व माओबादीको केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार बसेको बैठक सोमबारका लागि पनि निरन्तरता रहेको मा सोमबारको बैठक स्थगित गरियो । पुन मंगलबार १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बैठक बोलाइएको छ ।  

जुन समयमा तय गरेर बैठक बोलाईएको छ नेकपा लाई त्यस्तै परेको छ अर्थात  केही बिषयमा निर्णय गर्न १२  नै बजेको छ । असार १०  गतेको स्थायी 
समितिको बैठकबाट देखिएको पार्टी भित्रको माथापच्छि अनेक आरोह अबरोह पारगर्दै बल्ल बल्ल भदौ २५ गते आईपुग्दा केही समयका लागि थामथुम भएको छ । समग्रका पार्टी र सरकारको कामको मुल्याङ्न ,तथा समिक्षा अन्य राष्ट्रिय मुद्धाहरुबारे गम्भिर मन्थनको अपेक्षा बाहिरबाट गरिए पनि अन्तमा जिम्मेबारी हेरफेर तथा कार्य बिभाजनका आंशिक सहमति गर्दै जसोतसो बैठक त टुङ्गियो तर बिवाद भने टुङ्गिएन । 

प्रतिनिधीशभाको निर्बाचनमा बर्दिया क्षेत्र नंम्बर १ बाट पराजित बामदेब गौतमलाई राष्ट्रियशभामा प्रबेश गराउने बिषयले अन्य सबै बिषयलाई लगभग पुरौ ओझेलमा पार्यो । जब कि उस्तै प्रकृतिको नारायणकाजी श्रेष्ठ सहजै रुपमा राष्ट्रियशभामा प्रबेश गर्नुभयो । गौतम र श्रेष्ठ निरिह राष्ट्रियशभाको सदस्य मात्र बन्नका लागिमात्र संसदमा प्रबेश त पक्कै गर्नुभएको थिएन । जब उहाँहरुलाई मन्त्री बनाउने कुरा बैठकहरु मा उठ्न थाल्यो गाँठो कसिदै जान थाल्यो । हुदा हुदा अबस्था यस्तो आयो कि मन्त्री  जनता, संसद वा प्रधानमन्त्रीले बनाउने कि कानुनी अड्चनको ब्याख्या गर्दै अदालतले बनाउने ?

सोमबारको बैठक पनि यही बिषयको सेरेफेरोमा छलफल गर्न दुई अध्यक्षले बैठक रोकेर छलफल गर्नुभयो । उहाँहरु छलफल भैरहँदा यता सर्बोच्च अदालतमा भने प्रतिनिधीशाभामा पराजीत भएकाहरुलाई मन्त्री बनाउन नमिल्ने जिकिर गर्दै तीन वटा रिट दर्ता भैसकेको छन् । ती रिटमाथीको सुनुवाई बुधबार हुदैछ ।  
अदालतमा बिचाराधीन रहेको बिषयमा नेकपाले कस्तो छलफल गर्ला वा निर्णय के गर्ला ? वा आफू अनुकुल निर्णय नहुदा न्यायपालीकामाथी बिष वमन गर्ने राजनीतिक सस्कार नै अपनाउला ? हेर्न बाकि नै छ ।

निकै आशा गरिएका  र हालसम्म परिक्षण नभएका मन्त्रीहरु योगेश भट्टराई र धनश्याम भुषालको  कार्यक्षमता र प्रभाबकारीता बारे त छर्लङ नै भएको अबस्था छ ।  त्यसैले उहाहरुको बारेमा टिप्पणी सुन्ने गरिन्छ उहाहरु लाई सत्तामा होइन सबै बिरोध गर्ने स्थानमा नै राख्दा केही राजनीतिक शाख रहला नत्र कुराले मात्र च्यूरा भिज्दैन भने जस्तै हो । 

अब पटक पटक परिक्षण भैसकेका नेताहरु बामदेब गौतम र नारायणकाजी श्रेष्ठ मन्त्री भएपछि हुने आमुल परिबर्तनका लागि कति आतुर हुने ? उहाहरु मन्त्री भन्दा निर्जिब संबिधानको केही धारा कति सजिब होला । जनमतबाट प्रधानमन्त्री बन्नुपर्ने नेताहरु कानूनको छिद्र खोज्दै दुलोबाट संसद र मन्त्री हुने दाउमा अदालत बिचमा छिरेको छ । भलै यी राजनीतिक बिषयहरु हुन् तर संबिधानलाई मान्ने हो भने संबैधानीक बिषयभन्दा पनि फरक नपर्ला ।

अब अदालतमा पुगेको बिषयको कुनै न कुनै रुपमा निरुपण त होला, निर्णय नजिर बन्ला । गलत अभ्यासलाई नै नजिर बनाउदै जाने हो भने हिजोको परिबर्तनको के सार ? यदि जनमतको सम्मान गर्ने हो भने अमूर्त राजनीतिको खेल देखाएर कानूनका बुँदालाई दोबाटोमा अलपत्र बिस्कुन सुकाएझैं सुकाउन मिल्छ कि मिल्दैन ? झण्डै दुई हिाई जनमत प्राप्त गरेको नेकपाले जवाफ दिनैपर्छ । नत्र मन्त्री बन्न जनताको ईजलासमा होईन अदालतको  ढोका ढुकेर बस्नु पर्ने दिनहरु अब धेरै टाढा छैनन् ।