२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् उपलब्धि शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना भाइरसबाट थप १६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र १३ पुरुष जनाको कोरोनाबाट मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२ वर्षिय पुरुषको मृत्यु भएको छ । 

यस्तै काठमाडौंमा ५८ र ७३ वर्षिय, मकवानपुरमा ६८, ललितपुरमा ६१, चितवनमा ५५, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । 

यस्तै मकवानपुरमा १७, ललितपुरमा ५८ र दोलखामा ५२ वर्षिया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ ।

आज देशभरी १ हजार ५ जना संक्रमित डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ४ हजार २ सय ३७, प्रदेश नम्बर २ मा १२ हजार ३ सय ८९, बागमती प्रदेशमा ११ हजार ३ सय ९६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना डिस्चार्ज भएका छन । 

यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ३७, कर्णाली प्रदेशमा २ हजार ७ सय ३० र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ५४ गरी आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमित डिस्चार्ज भएका छन ।