२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने



अ+ अ-

मकवानपुर । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान निषेध गरेको छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी जिल्लाभरि नै दलगत भेला, जुलुस, धर्ना तथा धार्मिक पर्व आयोजना गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गडतौलाले जानकारी दिनुभयो ।