२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः सन्दिपले खेल्न नपाए पनि दिल्ली क्यापिटल्सकाे राेमाञ्चक जित



अ+ अ-

युनाइटेड अरब इमिरेट्समा जारी आइपिएलकाे दाेस्राे खेल निकै राेमाञ्चक बन्याे । पहिलाे निर्धारित २० ओभरकाे खेलमा दुबै टिमले बराबर अर्थात १५७ रन बनाए पछि खेल सुपर ओभरमा पुगेकाे थियाे । 

जिततर्फ अगाडि बढेकाे किङ्स इलेभेन पन्जाबलाइ दिल्ली क्यापिटल्सले राेमाञ्चक रूपमा बराबरीमा राेकेकाे थियाे ।  दुबै टिमकाे प्रारम्भिक ब्याटिङ कमजाेर भए पनि मध्यक्रमका ब्याट्सम्यानले प्रभावशाली खेल प्रदर्शन गरेका थिए । 

किङ्स इलेभेन पन्जाबले टस जितेर पहिले फिल्डिङ राेजेकाे थियाे । दिल्लीकाे शुरूवात निकै खराब रह्याे । उसले ९६ रन बनाउँदै ६ विकेट गुमाइसकेकाे थियाे । तर अन्तमा मार्कस एस्टाेनिसले २१ बलमा ५३ रनकाे धुँवाधार पाली खेलेपछि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रनकाे मध्यम स्काेर खडा गरेकाे थियाे ।

जितका लागि १५८ रनकाे लक्ष लिएर मैदानमा उत्रेकाे किङ्स इलेभेनकाे पनि सुरूवात खराब रह्याे । तर मयंक अग्रवालकाे धुँवाधार ब्याटिङका अघिल्तिर दिल्लीकाे केही सीप चलेन ।  मयंकले ६० बल खेल्दै ८९ रन बनाए ।  उनले ४ छक्का ७ छक्का प्रहार गरेका थिए । उनी १९.५ औ ओभरमा स्टाेइनिसकाे बलमा क्याचआउट भए ।

तर त्यसपछि ब्याटिङ गर्न मैदानमा प्रवेश गरेका क्रिस जाेर्डन पनि एक रन पनि बनाउन नसकी आउट भए । समग्रमा किङ्सले १५७ रन नै बनाएपछि सुपर ओभर खेलाइएकाे थियाे ।

आजकाे खेलमा दिल्लीले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई खेलाएकाे थिएन ।

सुपर ओभर

सुपर ओभरमा किङ्स इलेभेन पन्जाबले पहिले ब्याटिङ गरेर २ रन मात्र बनायाे ।  दिल्ली क्यापिटल्सले ४ रन बनाएर जित हात पार्याे ।