२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्याग्रहमा बसेका डाक्टर केसीलाई प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लग्यो



अ+ अ-

जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १९ औं सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीलाई शनिबार राति प्रहरीले जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।करिब पौने एघार बजे प्रहरीले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको डा. केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले बताए ।

‘हिजोअस्ति राति उहाँसँगै बसे पनि आज (शनिबार) अरू नयाँ साथीहरू बस्नु भएकाले साँझ म घर आएको थिएँ,’ कार्कीले भने, ‘प्रहरी आएर जबर्जस्ती लगेछन् ।’ चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवालका अनुसार डा. केसीको नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए । तर उनले अस्पताल जान मानेका थिएनन् ।

अस्पताल लगिएपछि डाक्टर केसीले अस्पतालको आइसियूबाट माग पूरा गुर्नको साटो प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन् । कान्तिपुर दैनिक