२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार सय नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ४ सय नाघेके छ । 

आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । आज मोरङमा ६५ वर्षिया, रौतहटमा ५१ वर्षिया, सर्लाहीमा ५६ वर्षिया तथा ललितपुरमा ७६ र ६८ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै काठमाडौंमा ७७ र मकवानपुरमा ३७ वर्षिया महिला गरी ७ जना महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरमा ६० वर्षिय, काठमाडौंमा ७५ वर्षिय, रुपन्देहीमा ६९ वर्षिय र बाँकेमा ४५ वर्षिय पुरष गरी ४ जनाको मृत्यु भएको छ ।

आज देशभरी १ हजार २ सय ४ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषमा संक्रमण देखिएको छ  । काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन ।