२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रीस प्रहरीले शरणार्थीहरूलाई नयाँ शिविरमा सार्न शुरू गर्यो



अ+ अ-

कारा टेप, ग्रीस । ग्रीसको लेस्बोस द्वीपको मोरिया शिविरमा राखिएका हजारौं आप्रवासी र शरणार्थीहरूलाई सोही द्वीपको अर्को स्थानमा स्थानान्तरण गर्न थालिएको छ । आगलागीका कारण शिविर सखाप भएपछि अहिले हजारौं शरणार्थी अलपत्र परेका छन् । 

प्रहरीले बिहीबार बिहानैदेखि सोही द्वीपको कारा टेप भन्ने स्थानमा जान शरणार्थीहरुलाई अनुरोध गरेको थियो । शरणार्थीलाई मनाउन ७० जना महिला प्रहरी समेत परिचालन गरिएको थियो । यो कार्यक्रम शुरु हुँदा कुनै हिंसात्मक झडप भने भएन । 

अफ्रिका र एसियाली मुलुकहरु, खासगरी इराक र सिरियाबाट युरोप प्रवेश गर्न चाहनेहरुलाई यहाँ शिविरमा राखिएको छ, र उनीहरु सबै युरोपेली मुलुक प्रवेश गर्ने चाहनामा छन् । 

मोरिया शिविरमा गत साता आगो लागेको थियो । तर प्रहरी अनुसन्धानमा मोरिया शिविरमा रहेका सानो समूहले जानाजान शिविरमा आगो लगाएको देखिएको छ । कोरोनाभाइरसका कारण शिविरमा लकडाउन गरिएपछि क्रुद्ध भएका शरणार्थीले शिविरमा आगो लगाएको अनुमान गरिएको छ । 

आगलागिका कारण १,२०० भन्दा बढी मानिसलाई आपतकालीन आश्रयको व्यवस्था गर्नु परेको थियो । मोरियाबाट द्वीपको राजधानी माइटालिन पुग्ने सडकको छेउमा ठूलो संख्यामा मानिसहरू सुतिरहेका छन् । 

समुद्र नजिकै नयाँ शिविरमा ठुल्ठूला पालहरु राखिएका छन् । बुधबार रातिसम्ममा, करिब आठ हजार व्यक्तिलाई पुग्ने गरी शिविर बनाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ । तर यी शिविरमा निकै कमजोर एघार सय व्यक्तिले मात्र आश्रय लिएका छन् । 

शिविरमा आउने व्यक्तिको कोरोना परीक्षण गर्ने, दर्ता गर्ने र संक्रमित भए छुट्टै शिविरमा राख्ने गरिएको छ । 

प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो जनस्वास्थ्यको संरक्षण गर्न र स्पष्ट मानवीय सामग्री सहितको कार्यबाही हो ।” 

मोरियामा गत हप्ताको आगलागीका लागि शंकास्पद दुई नाबालक सहित छ जना अफगानीलाई पक्राउ गरिएको छ । 

मोरियामा २,७०० भन्दा बढी व्यक्तिलाई राख्ने क्षमता छ । तर यो शिविर ध्वस्त हुनुअघि यहाँ १२ हजार ५०० भन्दा बढी व्यक्तिलाई राख्न सकिन्थ्यो । आलोचकहरुले लेस्बोसको शिविर व्यवस्थापनले युरोपको आप्रवासन नीतिलाई जिस्क्याएको आरोप लगाएका छन् ।