२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोभिड १९’ बाट विश्वमा नौ लाख ३९ हजार भन्दा बढीको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु  भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० बुधबार जानकारी दिएको छ । 
सो संगठनका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३८९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १५ लाख ४२ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ४५ हजार ७२६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ९१५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६७ लाख ७८ हजार १४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ४० लाख  ६८ हजार ८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
भारतमा  ५० लाख २० हजार ३५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३९ लाख ४२ हजार ३६० कोरोना भाइरस मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ । 
ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ ।  

रुस १० लाख ७३ हजार ८४९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ८४ हजार ३०५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ७५० जनाको मृत्यु भएको छ । 
पेरुमा ७ लाख  ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९२७ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख २८ हजार ५९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ६ लाख ७ हजार ९७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २८८ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा ६ लाख ७६ हजार ४८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन्  भने ७१ हजार ६७८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ । 
स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिना ५ लाख ७७ हजार ३३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३८ हजार ८८३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ८५२ जनाको मृत्यु भएको छ ।