२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसियाली विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार



अ+ अ-

बर्लिन । रसियाका विपक्षी नेता एवं रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक अलेक्सी नाभाल्नीको स्वास्थ्यमा व्यापक सुधार आएको अस्पतालले जनाएको छ । 

जर्मनीको च्यारिटी अस्पतालका चिकित्सकहरुका अनुसार नाभाल्नीलाई दिइएको कृत्रिम स्वासयन्त्र हटाइएको र उहाँ अस्पतालको शैयाबाट उठेर सामान्य हिँडडुल गर्न थाल्नु भएको छ । 

फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन “नोभिचोक” खानामा मिसाएर खुवाइएको पनि जर्मनीले घोषणा गरेको छ ।

गत अगष्ट २० मा ४४ वर्षीय नाभाल्नीलाई उपचारका लागि रुसबाट जर्मनीको बर्लिनस्थित च्यारिटी अस्पताल ल्याइएको थियो । जर्मनीले नोभिचोक रसायन खुवाइएका बारेमा अनुसन्धान गर्न रसियासमक्ष अनुरोध गरेको छ । रसियाले भने पश्चिमा मुलुकले रसिया विरुद्ध षडयन्त्र गर्न खोजेको आरोप लगाएको छ । 

च्यारिटी अस्पतालले भनेको छ, “नाभाल्नीलाई स्वास फेर्नका लागि राखिएको मेकानिकल भेन्टिलेटर हटाइएको छ । छोटो अवधिका लागि उहाँ अस्पतालको शैयाबाट यताउता हिँडडुल गर्न सक्ने हुनु भएको छ ।”

रसियाका विदेश मन्त्री सर्गेई लाभरोभले मस्को विरुद्ध नयाँ प्रतिबन्धहरु घोषणा गर्ने कुत्सित उद्देश्यबाट नाभाल्नीको मुद्दालाई पश्चिमा मुलुकहरुले अघि सारेको आरोप लगाउनु भएको छ । उहाँले ओम्स्कबाट मस्को फर्कनेक्रममा बिमानमै अचेत हुनुभएका नाभाल्नीलाई बचाउन बिमानका पाइलटले ठूलो भूमिका निर्वाह गरेको पनि बताउनुभयो । 

उहाँले चिकित्सकहरुले तत्काल उपयुक्त सेवा दिन नसकेको भए नाभाल्नीको जीवन जोखिममा पर्ने थियो भन्नुभयो । 

उहाँले भन्नुभयो, “पाइलट, एम्बुलेन्सका सदस्य र चिकित्सकहरुको तत्काल प्रतिक्रिया निकै सराहनीय छ । रुसी अनुसन्धानकर्ताहरुले पनि घटनामा भरपर्दो र विश्वासिलो नतिजा ल्याउने छन् ।”