२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापनः उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर



अ+ अ-

काठमाडौँ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ । थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक, कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप पाँच स्थानमा फ्लाई ओभर निर्माण हुने भएको सडक विभागले जनाएको छ । थानकोटमा निर्माण गरिने फ्लाई ओभरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई निर्माण सम्झौतासमेत सम्पन्न भइसकेको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्रस्तावित पाँच वटामध्ये थानकोटमा निर्माण गरिने फ्लाई ओभरको (डीपीआर) तयार भई ठेक्का प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए ।

त्यसैगरी, कोटेश्वरमा निर्माण गरिने फ्लाई ओभरका लागि जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन भइरहेको उनले बताए । बाँकी स्थानको फ्लाई ओभर निर्माण चीन सरकारको सहयोगमा हुने बताउँदै महानिर्देशक शर्माले बानेश्वर, त्रिपुरेश्वर र गौशालामा फ्लाई ओभरको सम्भाव्यता अध्ययनका लागि चीनसँग समझदारी पत्रमा हस्ताक्षर भई काम सुरु भएको जानकारी दिए ।
चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न हुने बताउँदै उनले यी फ्लाई ओभरको निर्माण चीन र जापान सरकारको ऋण सहयोगमा हुने स्पष्ट पारे । सडक विभागका अनुसार यसअघि चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर फ्लाई ओभर निर्माण गर्न सर्भे तथा डिजाइनका लागि परामर्शदाता चयनका लागि बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

त्रिपुरेश्वर–माइतीघरको अध्ययन
त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चापलाई कम गर्न यसअघि नै जापानी सहयोग नियोग (जाइका)ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा फ्लाई ओभर बनाउने सुझावसहित प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । यो फ्लाई ओभर निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जाइकाको सो प्रतिवेदन अनुसार यो फ्लाई ओभर निर्माण गर्न नेपाली सेनाको जङ्गीअड्डा र त्रिभुवन विश्वविद्यालयको केही जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ तर सेनाले सुरक्षा संवेदनशीलता देखाउँदै जग्गा दिन अस्वीकार गरेपछि सो प्रतिवेदन त्यतिकै थन्किएको छ । त्रिपुरेश्वर–माइतीघर फ्लाई ओभरको दूरी एक किलोमिटर र चौडाइ चार लेनको हुने जाइकाको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । राजधानीमा अहिले दुईदेखि तीन किलोमिटर यात्रा गर्दा करिब १० मिनेट जाममा बस्नुपर्ने बाध्यता छ ।

बजेटमा फ्लाई ओभर
आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत चक्रपथको तीन स्थानमा नेपालकै पहिलो फ्लाई ओभर निर्माण गरिने भन्ने उल्लेख छ । त्यसैगरी, काठमाडौँको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाई ओभर तथा सुरुङमार्ग निर्माण प्रारम्भ गर्न तथा नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी आवागमन सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य सुरु गरिने बजेटमा उल्लेख गरिएको छ । गोरखापत्र दैनिक