२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका कोरोना संक्रमित शून्य जिल्ला



अ+ अ-

बैतडी, (नेस) । जिल्लाका सबै कोरोनाका संक्रमित सबै डिस्चार्ज भएपछि बैतडी तत्कालका लागि कोरोनाको सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले तत्कालका लागि सक्रिय संक्रमित शून्य रहेको जिल्ला भन्न सकिने स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । पाटन नगरपालिकाका १ जना संक्रमित पनि सोमबार डिस्चार्ज भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य भएको हो । गत जेठ ९ गते पहिलो पटक जिल्लामा एक थुनुवामा कोरोना पुष्टि भएको थियो ।

३ सय ७५ जना नेपाल सरकारको मापदण्डअनुसार संक्रमणपछि क्वारेन्टाइन बसेका, केहीको दोस्रो र केहीको तेस्रो पटक कोरोना परीक्षण गरेर घर पठाइएको जोशीले जानकारी दिए । जिल्लामा अहिलेसम्म ४ हजार १ सय २९ जनाको स्वाब संकलन गरिएकोमा अब ३२ जनाको मात्रै रिपोट आउन बाँकी रहेको छ । उनले भने– ‘अहिले नै जिल्ला कोरोनामुक्त भन्न सकिने अवस्था छैन । अहिलेका लागि सक्रिय संक्रमित शून्य छन् । स्वाब संकलन कार्य अझै पनि जारी छ ।’ जिल्लामा संक्रमितका आफन्तहरुको समेत स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएकोमा सबै रिपोट नेगेटिभ आएकाले समुदायमा कोरोना नफैलिएको उनले बताए।

तत्कालका लागि कोरोना संक्रमित नरहे पनि स्वास्थ्य सुरक्षा मापदण्ड भने परिपालना गर्न आवश्यक रहेको जोशीले बताए। उनले भने– ‘अहिले नै ढुक्क हुने स्थिति छैन । अहिलेसम्म हामीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएकै कारण समुदायमा कोरोना फैलिन पाएको छैन् । अझै पनि सबैले सचेत हुनु आवश्यक छ ।’

जिल्लाको दशरथचन्द नगरपालिकामा ४६, पाटन नगरपालिकामा ४४, मेलौली नगरपालिकामा ३३ र पुर्चौंडी नगरपालिकामा १० जनामा कोरोना पुष्टि भएको थियो । यस्तै पञ्चेश्वर गाउँपालिकामा ६०, सुर्नया गाउँपालिकामा २८, दोगडाकेदार गाउँपालिकामा ४५, डिलाशैनी गाउँपालिकामा ८, सिगास गाउँपालिकामा ५१ र शिवनाथ गाउँपालिकामा ५० जनामा कोरोना पुष्टि भएको थियो । अहिले कोरोना पुष्टि भएका सबै संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । नेपाल समाचारपत्र दैनिक