२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा प्रश्न उठाउनेलाई मृत्युदण्ड !



अ+ अ-

काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उन जति सन्की छन्, उति नै क्रूर पनि छन्। दक्षिण कोरियाली अनलाइन डेली एनकेका अनुसार नेता उनले हालै देशको अर्थव्यवस्थामाथि प्रश्न उठाउने पाँच अधिकारीलाई मृत्युदण्ड दिएका छन्।

ती पाँच अधिकारीले एक डिनर पार्टीमा देशको अर्थव्यवस्थामाथि चर्चा गरेका थिए। तिनले सोही क्रममा नेता उनको शासनप्रणालीको आलोचना पनि गरेका थिए। उनीहरूले देशमा औद्योगिक सुधार जरुरी रहेको बताएका थिए।

मिडिया रिपोर्ट अनुसार उक्त चर्चाबारे केही मानिसले नेता उनलाई कुरा लगाइदिएका थिए। उन आर्थिक मन्त्रालयका प्रमुख पनि हुन्। कुरा सुनेपछि उनले ती सबै अधिकारीलाई बोलाएर उत्तर कोरियाली शासन कमजोर पार्न लागिपरेको आरोप लगाए। पाँचै जनालाई जुलाई ३० का दिन गोली हानेर मारिएको थियो। तिनका परिवारका सदस्यलाई भने येडोकस्थित पोलिटिकल क्याम्प पठाइएको छ।

नेता उनले यसअघि आफ्नो सत्ता मजबुत पार्ने बहानामा आफ्नै काका किम जोङ थायकलाई करिब १२० भोका सिकारी कुकुर थुनेर राखिएको पिँजडामा हालिदिएका थिए। चिनियाँ अखबार ‘वेन वई पो’ले सजायँ दिने बेलामा उनसमेत ३०० शीर्ष अधिकारी मौजुद थिए।

कोरोना संक्रमण बढिरहेको अहिलेको अवस्थामा चीनतर्फबाट उत्तर कोरिया आउने जोकोहीलाई गोली हानेर मार्ने आदेश उनले दिएको दक्षिण कोरिायामा रहेका अमेरिकी सैनिक कमान्डरले जानकारी दिएका छन्। उत्तर कोरियामा स्वास्थ्य सेवा निकै खराब छ, सोही कारण कोरोना नियन्त्रण हुन सकिरहेको छैन।

त्यो देशमा कोरोना संक्रमण निकै बढेको आशंका गरिन्छ। तर अहिलेसम्म एउटा घटना पनि बाहिर आएको छैन। उत्तर कोरियाले चीनसँग जोडिएको आफ्नो सीमा जनवरीदेखि नै बन्द गरिदिएका छ।