२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको मुडिकुवामा पहिरो गयो, एक को मृत्यु, तीन जनाको जीबितै उद्दार



सांकेतिक तस्बिर
अ+ अ-

पर्वत । पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोले बगाई बेपत्ता भएकी बिकको शब घर भन्दा एक मिटर तल भेटिएको छ ।

पहिरोमा ४ जना परेकोमा गाउँलेले घाईते अवस्थामा तीनजनाको उद्धार गरेका छन् । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गरेका हुन् । पहिरोले गोठ समेत पुरेको र क्षतिको बिबरण आइनसकेको प्रहरी नायब उपरिक्षक बिश्वराज अधिकारीले जानकारी दिए ।

दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ । स्थानीय थानेश्वर भुसालको गोठ पनि पहिरोले पुरिएको छ । यता स्थानीय रामप्रसाद तिवारी गोठ पनि पहिरोले पुरेको छ । गोठ पुरिँदा एउटा गोरु पनि मरेको छ । क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिए । नेपाल समाचारपत्र दैनिक