२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवा निवासमा व्यवसायी, समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायीका समस्या समाधानका लागि सिधै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्नुहुने भएको छ । 

कोभिड–१९ संक्रमणको जोखिमका कारण लामो समय देखि चीन तर्फको नाकामा मालबस्तु रोकिएको भन्दै आइतबार ज्ञापन पत्र बुझाउन पुगेका व्यवसायीहरुसँगको भेटमा सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको व्यवसायीहरुले बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले १० महिना देखि केरुङ नाकामा मालबस्तु सहितका १ हजार २ सय वटा कन्टेनर रोकिएर बसेको र त्यसाई काठमाडौं ल्याउन पहल गरिदिन ज्ञापनपत्र बुझाएको बताउनुभयो । ज्ञापन पत्र बुझ्दै सभापति देउवाले सिधै प्रधानमन्त्रीसँग कुरा गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको अध्यक्ष कटुवालले बताउनुभयो । आफुहरुले कन्टेनर ल्याउन परराष्ट्र मन्त्रालयमा कुटनीतिक पहल गर्दा समेत सम्भव नभएपछि राजनीतिक पहल सुरु गरेको कुटुवालको भनाई छ ।  

यसबाहेक कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि व्यवसाय ठप्प भएकोले घरभाडा र बैंकको ब्याज भुक्तानी गर्न नसकेको भन्दै मिनाहा गरिदिने व्यवस्था गरिदिन पहल गर्न समेत सभापति देउवा समक्ष व्यवसायीहरुले माग गरेका छन् । कोभिड पछि व्यापार व्यवसायलाई सूचारु गर्नका लागि विनाधितो ऋण उपलब्ध हुने व्यवस्था गर्न समेत माग गरिएको अध्यक्ष कटुवालले बताउनुभयो । यस्ते कोभिडको असरबाट क्षति भएको सम्बन्धमा अध्ययन गर्न निजी क्षेत्र र सरकार सम्मिलित समन्वय समिति गठन गर्न समेत माग गरेको छ । व्यसाय नै ठप्प भएको अवस्थामा सरकारले आफुहरुलाई कर तिर्न भनिरहेकाले त्यसलाई रोक्न र आन्तरिक विषयहरुमा छुट दिन पहल गरिदिन पनि माग गरिएको उहाँले बताउनुभयो ।