२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार थपिए अहिलेसम्मकै धेरै संक्रमित



अ+ अ-

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन । १० हजार ७ सय १ पीसीआर परीक्षण भएकोमा ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । 

आज देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १९, प्रदेश नम्बर २ मा ४ सय १, बागमती प्रदेशमा ४ हजार ८ सय १० र गण्डकी प्रदेशमा ७ सय ६२ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय २, कर्णाली प्रदेशमा २ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४४ गरी देशभरी ८ हजार २ सय ९१ संस्थागत आइसोलेसनमा रहेका छन । यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १ र गण्डकी प्रदेशमा १ सय संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ७८, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ गरी देशभरी ६ हजार ६ सय ३४ संक्रमित होम आइसोलेसनमा रहेका छन । आज देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन । 

आज ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय २४, प्रदेश नम्बर २ मा १० हजार २ सय ४२, बागमती प्रदेशमा ६ हजार ५ सय ३५ र गण्डकी प्रदेशमा २ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ४८, कर्णाली प्रदेशमा २ हजार ४ सय ७० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय १० गरी देशभरी आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन ।