२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षद्वयको १५ बुँदे प्रस्तावप्रति चर्को असन्तुष्टि, विधि बिना पार्टी कसरी चल्छ?



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत हुनु भएको छ ।   

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ल्याएको १५ बुँदे प्रस्तावप्रति गम्भिर असहमति जनाउँदै नेता नेपालले आक्रोश ब्यक्त गर्नुभएको छ ।  

एक व्यक्ति एक पदको व्यवस्था नभए भन्दै  असन्तुष्टि जनाउनु भएका नेता नेपालले दुई अध्यक्षलाई प्रश्न गर्नुभयोः विधि बिना पार्टी कसरी चल्छ ? अहिलेसम्म बैठकमा नेता नेपाल सहित  देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्त लगायतले आफ्ना भनाई राख्नु भएको छ ।

लामो समयपछि बसेको बैठकको सुरुवात गरेर अध्यक्ष ओली बाहिरिएपछि कार्यकारी अध्यक्षको रुपमा दाहालले बैठक सञ्चालन गरिरहनु भएको छ ।