२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रण कार्यको अनुगमन गर्न संसदीय समिति गठन गर्न सांसदहरूकाे माग



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका उपत्यका लगायत देशभरीको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन ।

अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताउनुभयो ।

संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उहाँले बताउनुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताउनुभयो ।

भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिकृया दिएको सांसद प्रधानले बताउनुभयो । ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने प्रतिवद्धता सभामुख सापकोटाले गर्नुभएको उहाँले बताउनुभयो ।