२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मबलले कोरोनालाई जित्न सकिन्छ : स्वास्थ्यकर्मी



अ+ अ-

रत्ननगर । भरतपुर निवासी डा प्रतीक्षा पौडेलले कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा काम गर्न थाल्नु भएको एक वर्ष भयो । उहाँ दन्तरोग विशेषज्ञ हुनुहुन्छ । बिरामीको नियमित उपचारमा खटिने क्रममा उहाँलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । 

“कोरोना पोजेटिभ रिपोर्ट आएपछि धेरै नै डराएँ”, उहाँले भन्नुभयो,“त्सपछि आत्मबल बलियो बनाएँ । स्वास्थ्यकर्मी भएकाले निको भएर सेवामा फर्किनु छ भन्ने अठोट बुनँे”, उहाँलाई कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण देखिएको थिएन । एक्काइस दिनको अस्पतालको बसाइँपछि उहाँ कोरोनामुक्त हुनुभयो । अस्पतालबाट घर फर्किदा उहाँलाई लिन बुबाआमा अस्पताल परिसर पुग्नुभएको थियो । “दैनिकजसो मेडिटेसन गर्थे, बेसारसहितको तातो पानी पिउथेँ”,उहाँले भन्नुभयो,“खानासँगै फलफूल पनि प्रशस्त खानुपर्छ, आत्मबल बलियो बनाउदा सजिलै कोरोनालाई जित्न सकिन्छ ।”

एक हप्ता घर बसेपछि बिरामीको उपचारमा फर्किने पौडेलको भनाइ थियो । देश र जनताको लागि सेवा गरिरहँदा आफू सङ्क्रमित हुन पुगेको भन्दै उहाँले कोरोनालाई आत्मबल उच्च राखेमा सजिलै जित्न सकिने बताउनुभयो । जिल्लाका कोरोना सङ्क्रमितमध्ये १५ प्रतिशत स्वास्थ्यकर्मी हुनुहुन्छ । स्वास्थ्यकर्मी नै सङ्क्रमित हुन थालेपछि यहाँ चुनौती थपिएको थियो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीलाई यहाँ दुव्र्यवहारको प्रयाससमेत भएको थियो । घटनाको चौतर्फी आलोचना भयो । 

डा पौडेलको बसाइँ होस्टलमा भएकाले उहाँले नमिठो अनुभव बटुल्न परेन । आइसोलेशनमा बसेका बेला स्वास्थ्यकर्मीलाई अपमान गरेको समाचार सुनेपछि उहाँलाई एकदमै नराम्रो लाग्यो । कोरोना सङ्क्रमण भएकै बेला उहाँले सामाजिक सञ्जालमा प्रत्यक्ष आएर यसको विरोधसमेत गर्नुभयो । 

कोरोना पोजेटिभ भई आइसोलेशनमा बस्नुभएकी पोखरा निवासी डा श्रेया गौतम पनि दन्तरोग विशेषज्ञ नै हुनुहुन्छ । “बिरामीको उपचारमा खटिएकी थिएँ”,उहाँले भन्नुभयो,“मलाई शुरुमा सुख्खा खोकी देखा प¥यो । विस्तारै कोरोनाका लक्षण देखिएपछि स्वाब सङ्कलन गरँे । रिपोर्ट पोजेटिभ आउँदा सारै डर लाग्यो ।”

कोरोना लाग्यो भनेर डराउन नहुने उहाँको भनाइ थियो । यसबाट छुट्कारा पाउन र अरुलाई पनि सङ्क्रमण हुन नदिन भने विषेश सावधानी अपाउनुपर्ने डा गौतम बताउनुहुन्छ । मानव व्यवहार परिवर्तन हुनसके कोरोनालाई परास्त गर्न सकिने उहाँको तर्क छ ।  साबुनपानीले हात धुने, मास्क लगाउने र स्यानीटाइजरको प्रयोगले धेरैसम्म कोरोना लाग्नबाट बचाउने डा गौतमले बताउनुभयो । 

कोरोनालाई आत्मबलले सजिलै परास्त गर्न सकिने भएकाले सङ्क्रमितलाई हेलाको दृष्टिले नहेर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । घरपरिवार र आफन्तको हौसला र प्रेरणाले आफूले कोरोनालाई सजिलै जितेको गौतमको प्रतिक्रिया थियो । उहाँ २० दिनको अस्पताल बसाइँपछि कोरोनामुक्त हुनुभएको थियो । 

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको बेला क्यान्सर अस्पताल भरतपुरमा सबैभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भए । क्यान्सरको उपचार गर्न देशभरबाट बिरामी आउने भएकाले यहाँको सङ्क्रमण दर उच्च थियो । क्यान्सर अस्पतालको आकास्मिक वार्डमा कार्यरत नर्स सविता बस्नेत पनि यसबाट अछुतो रहनसक्नु भएन । उहाँ अस्पतालले उपलब्ध गराएको क्वाटरमा परिवारसँगै बस्ने गर्नुहुन्थ्यो । “तीन वर्षको छोरा र दीर्घरोगी ससुरासँगै हुनुहुन्थ्यो”,उहाँले भन्नुभयो,“छोरालाई स¥यो कि भन्ने ठूलो डर लाग्यो । अस्पतालको एक वार्डमा आइसोलेनमा बसेँ, १४ दिनपछि फेरि काममा फर्किएँ ।” आत्मबल बलियो बनाएर आफू अहिले पनि कोरोना सङ्क्रमितको अग्रपंक्तिमा बसेर काम गरिहेको उहाँले बताउनुभयो ।