२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको सख्या ५० हजार नाघ्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । आज थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । आज ११ हजार १ सय ४४ वटा पीसीआर परीक्षण भएको छ । काठमाडौंमा मात्रै आज ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण देखिएको छ । 

आज देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना रहेको छ । प्रदेश नम्बर १ मा ४ सय ७२, प्रदेश नम्बर २ मा ४ सय २५, बागमती प्रदेशमा ४ हजार ५ सय ३९ र गण्डकी प्रदेशमा ७ सय ५३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४५, कर्णाली प्रदेशमा २ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन । 
यस्तै होम आइसालेसनमा प्रदेश नम्बर १ मा ८ सय ७४, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ४ सय ५७ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ३, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ६९ गरी देशभरी ६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा १ सय ६५ जना भेन्टिलेटरमा २१ जना संक्रमित उपचाररत रहेका छन । 

आज १ हजार ८ सय १८ जा संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ३ हजार २ सय १८, प्रदेश नम्बर २ मा १० हजार १ सय ५२, बागमती प्रदेशमा ६ हजार ७ र गण्डकी प्रदेशमा २ हजार ७७ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार १ सय ३३, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना गरी आजसम्म ३५ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन । 
    
स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । १४ दिनमा कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने उहाँले बताउनुभयो । यस्तै विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ । मन्त्रालयले पीसीआर रिपोर्ट नभइ आपतकालिन शल्यक्रिया नगर्ने स्वास्थ्य संस्था र चिकित्सकलाई कानून अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।