२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा नेकपाका नेता कार्यकर्ता– नेतृत्व पारदर्शी हैन अपरम्पारदर्शी भयो !



अ+ अ-

काठमाडौं । नेकपा बिदेश बिभागका उपप्रमुख तथा केन्द्रिय सदस्य बिष्णु रिजालले नेकपा पारदर्शी हुदै गएको भन्दै नेतृत्व प्रति ब्यङ्ग गरेका छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने नेता रिजालले फेसबुकमा पोष्ट गरेका छन् । 

नेकपा कम्ती पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो । अनि अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दानपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो रु बैठकमा सम्म त पेस हुन दिए हुने नि । 

अध्यक्षद्वयले तयार गरेको प्रतिवेदनमा भने नेतृत्वका बारेमा सामाजिक सञ्जलमा आलोलचात्मक पोष्ट गर्न नपाईने  उल्लेख छ । रिजालको पोष्ट माथी नेकपा नेता निरज आचार्यले अबको वैठक बाहिर माईक राखेर गर्दा सजिलो, केहिले लाईभ गर्छन् । सवैलाई घरमै बेर बैठक सुन्न र धारणा बनाउन र विश्लेषण गर्न सजिलो हुने भन्दै टिप्पणी गरेका छन् । यसैगरी अर्का नेता उर्बादत्त पन्तले पनि पारदर्शी मात्रै हैन अपरम्पारदर्शी पनि भन्दै टिप्पणी गरेका छन् ।