२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा निषेधाज्ञा आंशिक हट्यो, निजी सबै, सार्वजनिक गाडी जोरविजोरमा चल्ने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा हटेको छ । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको उपत्यकामा बिहीबारदेखि नै पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।

काठमाडौं उपत्यकामा निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुने गरी काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्नेगरी खुलाएका छन् । ट्याक्सी पनि चलाउन पाइने छ र यसमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी  साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।तर मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन  ।

परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताइएको छ । तर पनि अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्ने र सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्वमा पर्दछ भनिएको छ । पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार  मात्र खोल्न पाइने व्यवस्था गरिएको छ । 

 

काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालकाे भनाइ यस्ताे छ ।