२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार थपिए १ हजार ८१ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । बुधबार १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. जागेशवर गौतमका अनुसार ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । 

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन । 

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन । 

आज ९ सय १८ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बागमती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना संक्रमित आजसम्म डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन । ५ हजार ८० जना क्वारेन्टिनमा रहेका छन ।