२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार बस्ने नेकपा स्थायी समिति बैठक बारे अध्यक्षद्धयको छलफल



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले  शुक्रबारलागि  तय गरिएको  स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार पार्नुभएको छ ।  

प्रधानमन्त्रीाके सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको छलफलमा अध्यक्ष ओली र दहालले  बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिनु भएको हो ।पार्टीभित्रको समस्या र तीनको समाधानका लागि  महासचिव विष्णु पौडेल नेतृत्वमा गठन गरिएको  ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा अध्यक्षद्धयले प्रस्ताब तयार पार्नुभएको हो । 

दुई अध्यक्षले अन्तिम रूप दिएको सहमतिको प्रस्तावसहितका एजेन्डा अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत पठाईएको छ । स्थायी समितिका सदस्यहरुले अध्यायन गरी संक्षिप्त छलफल गरी बैठक भरसक २६ गते नै समापन गर्ने तयारी पनि भै रहेको जनाईएको छ ।