२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराजित रहँदै अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि



अ+ अ-

काठमाडौँ । सीवाइसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार धनगढीको फाप्ला मैदानमा भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।

अत्तरियाले निर्धारित २० ओभरमा ११८ रन जोड्यो । तल्लो क्रमका ब्याटर रासिद खानले २१ बलमा ३१ रन जोड्दै टीमलाई माथि उकासेका थिए । डडेल्धुराका अभिषेक गौतमले ४ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको डडेल्धुराले १८ ओभरमा ८४ रनमात्रै जोड्न सक्यो । अत्तरियाका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाए भने ओपनर कुशल भुर्तेल २० रन जोडेर आउट भए ।

अत्तरियाका सहाब आलम र दीपेश कँडेलले ३–३ विकेट लिए ।

अत्तरिया प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले भने पाँच लाख प्राप्त गर्यो ।




भर्खरै