२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद पत्रकारद्वय भण्डारी र सापकोटा सम्मानित



अ+ अ-

काठमाडौँ । यस वर्षको एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्डबाट वरिष्ठ खेल पत्रकार श्रीविक्रम भण्डारी सम्मानित हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ‘मेरो खेल डटकम’का सम्पादक भण्डारीलाई सम्मान गरिएको हो ।

यसैगरी सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित हुनुभएको छ । उहाँ कान्तिपुर टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

दुवैजनालाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले सम्मान गर्नुभयो । भण्डारीलाई रु २५ हजार नगद र ताम्रपत्र प्रदान गरियो । सुदूरपश्चिमको डडेल्धुरामा जन्मिनुभएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आउनुभएको छ ।

त्यस्तै, कान्तिपुर टेलिभिजनमा कार्यरत सापकोटा पछिल्लो ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय रहनुभएको छ । उहाँले सम्मानसहित ताम्रापत्र र एक थान ल्यापटप प्राप्त गर्नुभयो । मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिँदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा नै आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ गतेदेखि कर्णाली प्रदेशमा आयोजना गर्ने तय भएको छ ।

त्यस्तै, राखेप सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको बताउनुभयो । ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ नाराका साथ मञ्चले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा उक्त अवार्ड प्रदान गर्दै आएको छ ।