२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्ध लाग्ने पहिलो महिला क्रिकेटर बनिन् सोहाली अख्तर, आईसीसीले लगायो ५ वर्षको प्रतिबन्ध



अ+ अ-

एजेन्सी । बंगलादेशका स्पिनर सोहाली अख्तरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले ५ वर्षको प्रतिबन्ध लगाएको छ ।

उनी २०२३ को महिला टी–२० विश्वकपमा फिक्सिङ गरेको आरोपमा दोषी पाइन् । सोहाली भ्रष्टाचारका कारण प्रतिबन्ध लाग्ने पहिलो महिला क्रिकेटर बनेकी छन् ।

अख्तरले आईसीसीको धारा २.१.१, २.१.३, २.१.४, २.४.४ र २.४.७ उल्लङ्घन गरेकी छन् । सोहालीले आफ्नो अपराध स्वीकार गरेपछि उनलाई ५ वर्षको प्रतिबन्ध लगाइएको हो । उनको प्रतिबन्ध फेब्रुअरी १०, २०२५ देखि सुरु भई फेब्रुअरी २०३० सम्म जारी रहनेछ ।

आईसीसीका अनुसार, ‘१४ फेब्रुअरी २०२३ मा अष्ट्रेलियासँगको खेलअघि सोहालीले आफ्ना साथी खेलाडीलाई म्यासेज गरेकी थिइन् । उनले आफ्ना साथी खेलाडीहरूलाई बंगलादेशको अर्को खेल फिक्स गर्न उक्साउने भ्वाइस नोट पठाएकी थिइन् ।

अख्तरले आफ्ना साथी खेलाडीलाई आफ्नो ‘कजिन’ले आफ्नो मोबाइलमा बाजी लगाएको बताउँदै अस्ट्रेलिया विरुद्धको खेलमा खेलाडीले पेस बलरलाई सोही बलमा विकेट गिराएको चाहन्थे । यदि खेलाडीले फिक्सिङ गरेमा २० लाख बंगलादेश टाका पाउने उनले बताएकी थिइन् ।

अख्तरले आफ्ना साथी खेलाडीलाई चाहे भने २० लाखभन्दा बढी पाउन सक्ने बताएकी थिइन् । दुवै बीचको वार्ता गोप्य रहने र खेलाडीले चाहेमा सम्झौता अस्वीकार गर्न सक्ने उनले बताएकी थिइन् । अख्तरले भ्वाइस नोटमा कुराकानी सकिएपछि मेसेज डिलिट गर्ने बताएकी थिइन् ।

अख्तरले सोधपुछपछि आफ्नो गल्ती स्वीकार गरेको आईसीसीले जनाएको छ । स्क्रिनसट गरिएका म्यासेजहरू आफूले दुई फरक मोबाइलबाट पठाएको उनले बताइन् ।

३६ वर्षीया अख्तरले बंगलादेशका लागि २ एकदिवसीय र १३ टी–२० खेलेकी छिन् । जसमा उनले ११ विकेट लिएकी थिइन् । उनले टी–२० मा ८ विकेट र एकदिवसीयमा ३ विकेट लिइन् । उनले एकदिवसीयमा ब्याटिङबाट ६ रन बनाएकी थिइन् ।