२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिनफिल्ड र जेभियर उपाधिनजिक



अ+ अ-

काठमाडौँ । ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा सशान्त कार्कीले २८ अंक योगदान गरे ।

पहिलो क्वाटर ९–९ को बराबरीमा सकिएको थियो भने दोश्रोमा ग्रिनफिल्डले २७–१५ को अग्रता बनाउदै जितको आधार खडा ग¥यो । हेराल्डले तेश्रोमा १५–११ र चौथोमा २०–१९ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।

दोश्रो सेमिफाइनलमा लक्की महर्जनको १६ अंक सहयोगमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५३–४६ ले हरायो ।

जेभियरले पहिलो क्वाटरमा २०–४, दोश्रोमा ८–१३, तेश्रोमा १३–१० र चौथामा १२–१९ को प्रदर्शन ग¥यो । फाइनल बिहीबार हुनेछ ।