२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेः पर्यटनमन्त्री पाण्डे



पर्यटनमन्त्री बद्री पाण्डे ।
अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शक्तिशाली राष्ट्रहरुले प्रकृतिको दोहन गरेर पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रकृतिको दोहन गरेर शक्ति राष्ट्रहरुले पृथ्वीको सन्तुलन बिगारेको आरोप लगाउनुभएको हो

उहाँले प्रकृतिको दोहनका कारण पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशकोे सन्तुलन बिग्रिएको बताउनु भयो । कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा अगाडि सार्न सकिने पनि बताउनु भयो । मन्त्री पाण्डेले कर्णाली नदीको शाखा नदीहरुबाट मात्रै सात हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने भएकाले कर्णाली नदीले महत्वपूर्ण सम्भावना बोकेको बताउनु भयो । अहिले नदीको अतिक्रमण गर्नु हुँदैन भन्ने छलफल शुरु भएको भन्दै उहाँले यसलाई गम्भीरताका साथ अगाडि लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्णाली नदीलाई एउटा महत्वपूर्ण सम्भावना बोकेको नदीको रुपमा यसलाई अगाडि सार्न सकिन्छ, यसका शाखा नदीहरुबाट मात्रै विद्युत उत्पादन पनि सात हजार मेगावाटभन्दा बढी उत्पादन सम्भव छ भने मुल नदीलाई हामीले किन अतिक्रमण गर्ने, दोहान वा खण्डित गर्ने भन्ने एउटा छलफल शुरु भएको छ । यो छलफललाई हामीले गम्भीरताका साथ अगाडि लिएर जानुपर्छ भन्ने लाग्छ मलाई, अहिले संसारभरी नै चलेको बहस भनेकै त्यही हो । शक्तिशाली राष्ट्रहरुले प्रकृतिको विभिन्न किसिमले दोहन गरेर त्यसबाट पृथ्वीको सन्तुलन नै पृथ्वीको जल, तेज, वायु, आकाशको जुन पञ्चतत्वको सन्तुलन छ त्यो सन्तुलनमै समस्याहरु खडा भएको छ ।’

मन्त्री पाण्डेले शक्ति राष्ट्रहरुलाई पृथ्वी जोगाउनुस् भन्ने अभियानसहित दबाब र सुझावको वातावरण निर्माणमा एकतावद्ध प्रयास गर्नसके प्रतिफल प्राप्त गर्न सकिने बताउनु भयो ।