२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकल्प प्रयोग गरेर भएपनि अध्यादेश पारित गर्छौंः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने बताउनुभएको छ ।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले ल्याएको अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवद्र्धन गर्ने हिसावले ल्याएको बताउनु भयो । उाँले अध्यादेशको बिरोध भयो भनेर कोशिस असफल नहुने बताउनु भयो । उहाँले दुई प्रमुख राजनीतिक दलहरुले सचेततापूर्वक अध्यादेश ल्याएको उल्लेख गर्दै पारित गर्ने अनेक विकल्पहरु रहेको बताउनु भयो । विकल्प प्रयोग गरेर भएपनि अध्यादेशलाई राज्यको कानूनमा ढाल्ने बताउनु भयो । अध्यादेश आफैँमा कानून भएको बताउनु भयो । कार्यान्वयनका लागि नियमावली नरहेको कुरा आएको भन्दै नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली आवश्यक हुने बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले सरकारले जुन हिसावले अध्यादेशका माध्यमबाट यो क्षेत्रलाई सम्बोधन गर्ने कोशिस गरेको छ । अब अध्यादेशको बिरोध भयो भन्ने बित्तिकै त्यो कोशिस असफल हुन्छ भन्ने नठान्नुहोला । किनकी त्यो कोशिस प्रमुख पार्टीहरुले सचेततापूर्वक ल्याएको काम हो । त्यसअर्थमा हामी त्यसलाई जसरी पनि टुंग्याउँछौँ । कसैले बिरोध ग¥यो भनेर त्यो बिरोधले रोकिनेवाला छैन । अनेक विकल्पहरु छन् । विकल्प प्रयोग गरेर भएपनि हामी त्यसलाई राज्यको कानूनमा ढालिहाल्छौँ । यद्यपि अध्यादेश आफैँमा कानून हो । प्रयोगमा आइसकेको छ । अब नियमावली बनेको छैन भन्नेखालको कुरा पनि हामीले त नियमावली आवश्यक पर्ने चिज बनाइहालौँ भनेको छौँ । सायद बनाइसकेको होला जस्तो लाग्छ । आवश्यक नपर्नेका लागि कानून नै कार्यान्वयन हुन्छ । नियम बनाएर गर्ने भन्ने चिजका लागि मात्रै नियमावली हो । कानूनले नै स्पष्ट तोकेको चिजमा नियमावली आवश्यक पर्दैन । त्यो स्वतः कार्यान्वयनमा जान्छ । तर कतै त्यो नियमावली आवश्यक पर्ने चिज रहेछ भने त्यो पनि हामीले छिटो गर्न सकिन्छ ।’

महासचिव पोखरेलले सरकारले आइसिटी बाहेक अरु कुनै क्षेत्रका लागि विदेशमा लगानी गर्ने अनुमति नदिएको बताउनु भयो ।