२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फ्रिस्टाइल रेस्लिङ खेलाडी प्रशिक्षणका लागि भारत प्रस्थान



अ+ अ-

काठमाडौँ । भारतमा विशेष प्रशिक्षणका लागि जाने नेपाली फ्रिस्टाइल रेस्लिङ खेलाडीलाई बिदाइ गरिएको छ ।

सङ्घका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाश कुमार कुसारी, नेपाल कुस्ती सङ्घका सल्लाहकार रमाजान मिया र राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमलाले टोलिलाई बिदाइ गरेका हुन् । कार्यक्रममा सङ्घका उपाध्यक्ष निर्मल सिग्देल, सङ्घका पदाधिकारी तथा खेलाडीहरूको उपस्थिति थियो ।

मुख्य प्रशिक्षक मुमताज अलि इद्रिसीको नेतृत्वमा जाने ८ सदस्सीय सोमवार त्यस तर्फ प्रस्थान गर्नेछ । ६ जना नेपाली राष्ट्रिय टोलीका सदस्यहरूले नन्दी नगरमा विशेष प्रशिक्षण गर्ने छन् ।

खेलाडीहरूमा सुरेश चुनारा, सुशीला चन्द, मनीषा सिंह, हेमा भट्ट, राम किशोर र सुजित कुमार यादव छन् । भारतीय प्रशिक्षक र ममताजसँग सहकार्य गर्दै राष्ट्रिय टिमका सहायक प्रशिक्षक सञ्जय कुमार यादवले पनि प्रशिक्षण गर्ने छन् ।

सो अवसरमा नेपालमा एक साता रेस्लिङ प्रशिक्षण गर्न आएकी बङ्गलादेशकी तान्जिना मिटुलाई स्वागत पनि गरिएको छ ।