२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौँ राष्ट्रिय खेलकुद छनोटः कैलाली शीर्षस्थानमा



अ+ अ-

कैलाली।दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्षस्थानमा पुगेको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत हालसम्म नतिजा आएका खेलहरूमा कैलाली प्रथम स्थानमा रहेको छ । हालसम्म सम्पन्न छनोट प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य गरी चार सय ६८ पदकको टुङ्गो लागेको छ ।

छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा बढी एक सय ४२ पदक प्राप्त गरेकामा ७५ वटा स्वर्ण पदक रहेका छन् । अङ्कतालिकाको दोस्रो स्थानमा रहेको कञ्चनपुरले ६४ स्वर्ण, ४२ रजत र २४ कास्य गरी एक सय ३० पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा रहँदै डडेल्धुराले नौ स्वर्ण, १० रजत र २४ कास्य पदक प्राप्त गरेको छ ।

प्रदेशका नौ जिल्लाले सहभागिता जनाएको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ । बझाङले नौ स्वर्ण, आठ रजत र १० कास्य पदक पाएको छ । पाँचौँ स्थानमा रहेको बाजुराले छ स्वर्ण, छ रजत र १८ कास्य पदक पाएको छ भने छैटौँ स्थानमा रहेको दार्चुलाले तीन स्वर्ण, नौ रजत र २२ कास्य पदक प्राप्त गरेको छ ।

बैतडी, डोटी र अछाम क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, चार सय ५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् ।

सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलहरू गरिरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए। रासस