२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने



अ+ अ-

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ ।

यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ पाँचबजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवम रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने सूचनामा उल्लेख छ । रासस